उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना भाइरसको संक्रमण, थप १२ संक्रमितको मृत्यु « Arthapath.com
१३ भाद्र २०७७, शनिबार

उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना भाइरसको संक्रमण, थप १२ संक्रमितको मृत्यु



काठमाडौं । शनिबार थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ७ पुगेको छ ।

आठ वटा जिल्लाका ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै शनिबार काठमाडौं उपत्यकामा १८६ संक्रमित थपिएका छन् । काठमाडौंमा १५५ , ललितपुरमा १९ र भक्तपुरमा १२ क्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्