अलपत्र नेपालीलाई १ महिनाभित्र उद्धार गरिसक्ने, वैदेशिक लोककल्याणकारी कोषबाट खर्च गरिने श्रममन्त्रीको प्रतिवद्धता « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

अलपत्र नेपालीलाई १ महिनाभित्र उद्धार गरिसक्ने, वैदेशिक लोककल्याणकारी कोषबाट खर्च गरिने श्रममन्त्रीको प्रतिवद्धता



काठमाडौं । विदेशमा अलपत्र परेका सबै नेपाली नागरिकलाई एक महिना भित्र उद्दार गरिसक्ने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले दावी गरेका छन् । मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिना भित्र स्वदेश ल्याउने गरी काम अगाडि बढाइएको र त्यसका लागि उडान संख्या थप्ने गरी व्यवस्थापन गरिएको बताए । सुरुमा दैनिक ५ सय नेपालीलाई ल्याउने भनिएकोमा पछि माग बढेपछि ८ सय ल्याउने व्यवस्था गरिएको र त्यो संख्या पनि कम भएपछि पछिल्लो समय त्यस्तो सीमा हटाएर सकेसम्म धेरै नेपालीलाई ल्याउने गरी व्यवस्था मिलाइएको बताए ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा उपस्थित हुदैँ उनले भने भदौ २६ गते ८ सय ३६ जना, भदौ २७ गते ८ सय ८० जना र भदौ २८ गते ८ सय ९० जना नेपालीलाई उद्दार गरी नेपाल ल्याइएको छ । आफ्नै खर्चमा आउन नसक्ने र कम्पनीले समेत खर्च नव्यहोर्नेलाई घर सम्म पुग्ने खर्चको व्यवस्थापन वैदेशिक लोककल्याणकारी कोषबाट व्यवस्थापन गरिएको पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्