स्थगित परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन हुने « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

स्थगित परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायले गत चैतमा स्थगित स्नातकोत्तर तहको परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन गर्ने भएको छ । गत चैत ७ गतेदेखि स्थगित स्नातकोत्तर तह द्वितीय तथा चौथो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिरमा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी मानविकी तथा सामाजिक विज्ञानको डीन कार्यालयले जनाएको छ ।


यसका साथै स्नातक तहको विभिन्न सेमेस्टरको परीक्षा पुस पहिलो साताबाट सञ्चालन गरिने जानकारी डीन प्रा।डा। कुसुम शाक्यले विज्ञप्तिमार्फत जनाउनुभएको छ । विश्वविद्यालयले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने जिम्मा डीन कार्यालयलाई दिएपछि परीक्षा कार्यतालिका सार्वजनिक गर्न थालिएको हो । गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्