ठूला सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय « Arthapath.com
६ बैशाख २०७८, सोमबार

ठूला सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

आजै एक बजेबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको छ । अन्तर्राष्ट्रिय नाकामा हेल्प डेस्क राख्ने विषयमा पनि निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्