दशैँ………. « Arthapath.com
२८ आश्विन २०७८, बिहीबार

दशैँ……….



काठमाडौं । सबै सनातन धर्मावलम्बी नेपालीहरु अहिले महान पर्व दशैँ मनाउन व्यस्त छन् । यहाँ हामीले दशैँसँग सम्बन्धित केही तस्वीरहरू प्रस्तुत गरेका छौं । हेर्नुस् फोटोफिचरः

घटस्थपना ।
२०७६ सालको दशैंकमा काठमाण्डूको हनुमानढोकास्थित दशैँ घरमा धार्मिक विधिअनुसार घटस्थापना गर्दा नेपाली सेनाको टुकडीले बढाइँ दिएको थियो ।
दशैँलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट बिक्रीका लागि बाग्लुङ बजारमा ल्याउँदे गरेको च्याङ्ग्रा । दशैँमा खसी र च्याङ्ग्राको मासु खाने चलन छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित ढोरवाराही मन्दिरमा नवदुर्गा ज्ञान महायज्ञमा कलाकारहरू नाटक प्रस्तुत गर्दै। दशैँको अवसरमा विभिन्न स्थानमा विशेषगरी भगवान राम र नवदुर्गाको नाटक देखाइने चलन छ ।
दशैँमा बालबालिकाहरुले चंगा उडाएर मनोरञ्जन लिने गरेका छन् ।
काठमाडौंको नक्सालस्थित नारायण चौरमा पिङ लेखेर रमाउँदै स्थानीय बासिन्दाहरू । दशैँमा भुइँ छोड्नु पर्ने मान्यता रहिआएको छ ।
दुई वर्षअघिको दशैँमा पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई प्रधानमन्त्री निवास बालुवाटारमा दशैँको टीका लगाइदिँदै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्य ।

यी तस्वीरहरु इण्टरनेटबाट लिइएका हुन् ।


प्रतिक्रिया दिनुहोस्