कामना सेवाले “कामना सेवा फुटसल कप २०२१”को आयोजना गर्दै « Arthapath.com
२० मंसिर २०७८, सोमबार

कामना सेवाले “कामना सेवा फुटसल कप २०२१”को आयोजना गर्दै



काठमाडौं । कामना सेवाले “कामना सेवा फुटसल कप २०२१”को आयोजना गर्ने भएको छ । “स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो “कामना सेवा फुटसल कप २०२१” प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् ।

सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खेलपाटी डटकमल गर्नेछ भने अखिल नेपाल फुटबल संघ फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।


प्रतिक्रिया दिनुहोस्