घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
८ माघ २०७९, आईतवार

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको भाउ तोलामा २ रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात शुक्रबार १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ५ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्त, सो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि सोही मूल्य निर्धारण भएको छ।


प्रतिक्रिया दिनुहोस्