अनेरास्ववियु आरआरले फुटसल प्रतियोगिता गर्दै, प्रथमलाई १ लाख ११ हजार पुरस्कार « Arthapath.com
१ आश्विन २०८०, सोमबार

अनेरास्ववियु आरआरले फुटसल प्रतियोगिता गर्दै, प्रथमलाई १ लाख ११ हजार पुरस्कार



काठमाडौं । केहि महिना अघि मात्र एक लाख धनरासीको भलिबल प्रतियोगिता आयोजना गरेको अनेरास्ववियु आरआर क्याम्पस कमिटिले फेरी पुरुष फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटिले सोमबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले अन्तर क्याम्पस स्तरिय खुल्ला पुरुष फुटसल प्रतियोगिता हुने जानकारी दिएको हो ।

फनपार्कको कोटमा असोज ८ देखि १० सम्म फुटसल प्रतियोगिता संचालन हुने अनेरास्ववियु आरआरको अध्यक्ष लोकेश खड्काले बताएका छन् । प्रतियोगितामा सहभागी हुनको लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै प्रतियोगितामा विजेता हुनेलाई नगद १ लाख ११ हजार १११ रुपैयाँँ र उपविजेतालाई ५५ हजार ५०० रुपैयाँ सहित शिल,मेडल र प्रमाणपत्र दिइनेछ ।

हरेक वर्ष अनेरास्ववियु आरआर क्याम्पस कमिटिले खेलाडीहरू उत्पादन गर्नको लागि खेल क्षेत्रमा जोड दिदैँ आएको छ । पछिल्लो समय खड्काको नेतृत्वमा रहेको अनेरास्ववियु आरआर कमिटिले विधार्थीहरुको हत हितमा अंग्र पत्तिमा बसि काम गर्नुका साथै रचनात्मक कार्यक्रममा समेत अग्रसर भइरहेको छ ।

शैक्षिक मुद्दामा अग्रसर अनेरास्ववियु आरआरले जहिले पनि सक्रिय अनि शशक्त भुमिका खेलिरहेको अध्यक्ष खड्काले बताए । उनले भने, “अनेरास्ववियु आरआर विधार्थीको रहेक समस्या समाधानको सारथी हो । हामीले जहिले पनि शैक्षिक मुद्दामा अग्र पत्तिमा बसेर काम गर रहेका छौ । शैक्षिक मुद्दाका साथ साथै हामीले विभिन्न रचनात्मक कार्यक्रममा समेत महत्वपुर्ण भुमिका खेलेका छौं ।”

खेल कसरी खेलाइने छ ?

१. सबै खेल हरु नक–आउट चरणमा खेलाईने छ ।
२. टिम हरु विभिन्न समुहमा बाडिने छ ( टिमको संख्या अनुरुप )
३. सबै खेल हरु जनहि १५ मिनेट खेलाइने छ साथै जम्मा २ मिनेटको खेल ब्रेक हुनेछ ।
४. आयोजक तथा रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने छ ।
५. खेलको तालिका सहभागी टिम क्याप्टेनको प्रत्यक्ष उपस्थितिमा गोलापर्दा बाट गरिने छ ।
६. खेल मिति २०८० साल असोज ८गते बिहान ७ः३० बजे बाट सुरु हुनेछ ।
७. टिम दर्ता र प्रवेशशुल्क स्वरुप १०,००० रहने छ । र टिम दर्ता गरेकै बखत प्रवेशशुल्क अनिवार्य बुझाउनु
पर्ने छ ।
८. खेलाडीले रातो कार्ड पाएको खण्डमा उक्त खेल र आगामी खेल दुबै गुमाउने छ ।
९.खेल संचालन हुने समयसिमा भित्रै सम्पुर्ण टिम उपस्तिथ जनाउनु पर्ने छ अन्यथा आयोजकको निर्णय बमोजिम उक्त टिमले सबै खेल गुमाउनु पर्ने छ ।
१०.माथीका सबै नियमहरु अनिवार्य पालना गर्नु पर्ने छ अन्यथा उक्त टिमलाई खेलमा समाबेश गरिने छैन ११. आयोजकलाई खेल संचालन गरिने स्थल र समय परिवर्तन गर्न सक्ने अधिकार हुने छ ।
१२. खेलाडी र टिमले आफ्नु सामानको आफै जिम्मेवार हुनुपर्ने छ । कुनै सामान हराउन पुगे आयोजक त्यस्को जिम्मेवार हुने छैन ।
१३. प्राथमिक उपचार लगायतका सामान्य उपचारको निमित्त काठमाडौ मोडल हस्पिटलको टिम खेल स्थलमा उपस्थित हुने छ सहभागीहरुको दायित्वः
लगाउनुपर्ने छ
१४.सहभागीहरुले फिफाको फुट्सल नियम र विनियम हरु पालना गरि खेल भावना प्रस्तुत गर्नु पर्ने छ १५. फुट्सल खेल्दा चाहिने पोसाक, बुट, मोजा र आवस्यक सेफ्टी सामाग्री हरु अनिवार्य १६. प्रतियोगिताका आकर्षण हरुः खेल संचालन हुने स्थलः फनपार्क कोट, काठमाडौ मितिः २०८० असोज ८ देखि १० गतेसम्म ।
१७. रेफ्रीःलाईसेन्स प्राप्त रास्ट्रीय स्तरको रेफ्री खेल चरणः नक आउट टिमः एउटा टिममा बढिमा ८ जना खेलाडी समाबेश गराउन सकिन्छ


प्रतिक्रिया दिनुहोस्