दुई दिन थपियो डिभी भर्ने समय, आगामी बिहीबारसम्म भर्न पाइने

काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२६ का आवेदन दिने म्याद लम्बाएको छ ।
नेपाल स्थित अमेरिकी राजदूतावासका अनुसार आवेदन दिने समय दुई दिन थप गरेको हो । योसँगै आगामी बिहीबार अर्थात् कात्तिक २२ गतेसम्म दिन सकिनेछ । यसअघि कात्तिक २० गतेसम्म तोकिएको थियो ।
दूतावासले असोज १६ गते बुधबार राति ९ः४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरेको थियो ।