बजारमा हिरोको नयाँ सुपरस्प्लेण्डर « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

बजारमा हिरोको नयाँ सुपरस्प्लेण्डर



काठमाडौं । नेपाली बजारमा हिराको ब्राण्डले नयाँ सुपरस्प्लेण्डर ल्याएको छ । मोटरसाइकल तथा स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका अत्याधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको हो । सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणालीसहित थप सुरक्षित भएको कम्पनीले दावी गरेको छ ।

आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम तुल्याएको कम्पनिले बताएको छ । देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा १ लाख ९८ हजारमा (सेल्फ ड्रम एलोय व्हील) उपलब्ध हुने भएका छन् ।

सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्र्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो । यो बजार प्रवेशसँगै साथ हिरो मोटोकर्र्र्पले आफ्ना ग्राहकहरूलाई प्रिमियम, उच्च–गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्