शाओमीको रेडमी ९सी र मी स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

शाओमीको रेडमी ९सी र मी स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक



शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ९सी का साथ नेपालको बजेट लाइन—अपमा नयाँ उपकरण थपेको घोषणा गरेको छ ।

ब्राण्डले नेपालमा मी स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको हो । अडियो श्रेणीमा पनि नयाँ उत्पादन—रेडमी सोनिकबेस वायरलेस इयरफोनको घोषणा गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले , “प्रत्येक रेडमी उपकरणको साथ हामी सबैका लागि प्रविधि उपलब्ध भएको सुनिश्चितताको नजिक पुगेका छौं । रेडमी सिरिजकोलोकप्रियता हाम्रा ग्राहकहरुले हामी प्रति देखाएको विश्वासको प्रमाण हो । रेडमी ९सी को साथ हाम्रो उद्देश्य भनेको हामीले बजेट खण्डमा विकास गरेका प्रविधिहरुलाई सबैमाँझ पुर्याउनु रहेको बताए ।

शाओमीमा, हामी एक उत्तम प्रविधि कम्पनी बन्न चाहन्छौं र विश्वकै सबैभन्दा ठुलो हार्डवयर इन्क्यूबेटर भएकोले हामीलाई नयाँ युगका उत्पादनहरु सृजना गर्न मद्दत गर्दछ जुन सचेत, जडित र दैनिक जीवनमा सुविधा पुर्याउछ । हामी स्मार्टफोन कम्पनी मात्र होइन । हामीले विभिन्न श्रेणीमा भित्र्याएका हरेक नयाँ उत्पादनहरु त्यसका प्रमाण हुन् । रेडमी ९सी — ट्रीपल क्यामेरा च्यामपियनका साथ विशाल डिस्प्लेयो नयाँ इन्ट्री लेबलको स्मार्टफोन इमर्सिभ भ्यूइंग अनुभवका लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५ हजार एमएएच उच्च क्षमताको ब्याट्रीद्वारा सुसज्जित छ जसले प्रयोगकर्तालाई अधिक सन्तुष्टि प्रदान गर्दछ ।

रेडमी ९सी मा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिंग चिपसेटको विशेषता छ जुन २.३जीएचजेड सम्म जान्छ ।

रेडमी ९सी मा एआई ट्रीपल क्यामेरा छ जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ एमपी मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा संचालित छ ।


प्रतिक्रिया दिनुहोस्