ट्याक्सी दुर्घटना हुदा धादिङको महिलाको ज्यान गयो,नुवाकोटका तामाङ घाइते « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

ट्याक्सी दुर्घटना हुदा धादिङको महिलाको ज्यान गयो,नुवाकोटका तामाङ घाइते



काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ६ फिसटारमा ट्याक्सी दुर्घटना हुदा एक जना महिलाको मत्यु भएको छ । सुत्केरी लिएर काठमाण्डौबाट धादिङबेशीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेशी सडकखण्डको पहिरोबाट खोलामा खसेको हो ।

ट्याक्सी दुर्घटनामा परी ज्यान गुमाउनेमा खनियाबास गाउँपालिका ४ की ५० वर्षीया विष्णुमाया तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चार जना घाइते भएका छन । घाइते हुनेहरुमा खनियाबास गाउँपालिका वडा नं ४ का २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीया सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं १३ का ६० वर्षीय वीरबहादुर तामाङ रहेका छन् । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरि थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्