कुलेश्वरमा माछापुच्छ्रे बैंकको एटीएम फोडने युवक पक्राउ « Arthapath.com
१७ कार्तिक २०७७, सोमबार

कुलेश्वरमा माछापुच्छ्रे बैंकको एटीएम फोडने युवक पक्राउ



काठमाडौँ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडदै गरेको अवस्थामा एक युवब पक्राउ परेका छन ।


पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका ९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाण रहेको प्रहरीले जनाएको छ ।


उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले एटीएम मेसिन फोड्रदै गरेको अवस्थामा पक्राउ गरेको हो ।


पक्राउ परेका खाणलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्