पोको एम २ र पोको सी ३ नेपालमा सार्वजनिक « Arthapath.com
२३ कार्तिक २०७७, आईतवार

पोको एम २ र पोको सी ३ नेपालमा सार्वजनिक



पोको एम २ मा ६.५३ फुल एच.डी प्लस डिस्प्लेको साथै मिडियाटेक हेलियो जी८० अक्टा-कोर प्रोसेसर
पोको सी ३ मा ५००० एमएएच उत्कृष्ट ब्याट्री २.० प्रविधिका साथ एआई ट्रि««पल क्यामेरा सेटअप जस्ता विशेषता

काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण – पोको एम२ र पोको सी ३ सार्वजनिक गरेको छ । ब्राण्डले नेपालमा यो दोस्रो पटक आफ्नो उत्पादनहरु नेपालमा भित्र्याएको हो, यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरिएको थियो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “पोकोले पहिलै मी फ्यानहरु र प्रयोगकर्ताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र नेपालमा यी ब्राण्डका दुई नयाँ स्मार्टफोेनहरु सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ । पोकोमा हामी स्वतन्त्रता पूर्वक निर्णय लिन र विकासको बाटोमा अघी बढिरहन केन्द्रित रहेका छौँ, त्यसैले हामीले प्रयोगकर्ताहरुको छनौटका लागि शिर्ष विशेषताहरुका साथ पोको एम२ र पोको सी ३ सार्वजनिक गरेका छौं । हामीले आशा गरेका छौं कि यी नयाँ स्मार्टफोनहरुले नयाँ प्रयोगकर्ताहरुलाई पनि यस ब्राण्डतर्फ आकर्षित गर्नेछ ।”

पोको एम २-सुपर फास्ट ६ जीबी र्याम स्मार्टफोन

पोको एम२ मा मिडियाटेक हेलियो जी८० अक्टा-कोर प्रोसेसरका साथै २.० जीएचजेड मा दुई कोटेक्स-ए ७५ र १.८ जीएचजेड मा छ कोटेक्स-ए ५५ को साथ आउँदछ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउँदछ । मिडियाटेक गेमिङ्ग विशेषताहरुका साथ पोको एम२ प्रयोगकर्ताले आर्कषक गेमिङ्गको आनन्द लिन सक्नेछन् ।

माथि उल्लेखित विशेषताहरुसंग एकेबद्दता जनाउँन ६ जीबी र्यामका साथ यो पूर्ण सम्पन्न उपकरणले या श्रेणीका मापदन्डहरुलाई माथि उठाउने छ ।

गा्रहकहरुलाई उच्चस्तरीय दृश्य अनुभव प्रदान गर्नको लागि, पोको एम२ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०× १०८० रीसोलूशन र १९ः५ः९ को आकृति अनुपात पनि रहेको छ । साथै कर्निंग गोरिला ग्लास ३ ले स्क्रीनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्दछ । उक्त डिस्प्ले TÜV Rheinland बाट रिडिङ्ग मोडका लागि सर्टिफाइड पनि भएको छ । फ्रन्टमा नजिकै एड्ज-टु-एड्ज डिस्प्लेका साथ, पोको एम २ को रियमा फिंगरप्रिन्ट सेनसर छ जसले उपकरणलाई छिटो अनलकिङ्ग गर्न अनुमति दिन्छ । फोनको सुरक्षाको लागि एद्दष् न्यानो कोटिङ्ग पनि छ जस्ले पोको एम २ लाई अनावश्यक स्प्ल्यास प्रतिरोधी बनाउँदछ ।


प्रतिक्रिया दिनुहोस्