इसेवामनि ट्रान्सफरको रेमिट्यान्स् सेवा कुबेतबाट पनि सुरू « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

इसेवामनि ट्रान्सफरको रेमिट्यान्स् सेवा कुबेतबाट पनि सुरू



काठमाडौं । इसेवा मनि ट्रान्स्फर र कुबेतकोे ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरू भएको छ ।

यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्पmत पनि प्राप्त गर्न सकिनेछ ।

साथै इसेवा वालेटमा पैसा पठाउदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्ने छ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्पmत पनि सुरु गर्ने छ ।

रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गर्नु भयो ।

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत नेपालमा रेमिट्यान्स् भित्राउदै आएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुकोे उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्