नेपाल टेलिकम र वाणिज्य बैङ्कको अगुवाइमा आजदेखी ‘नमस्ते पे’ शुरू, २० करोडको आइपिओ आउने « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

नेपाल टेलिकम र वाणिज्य बैङ्कको अगुवाइमा आजदेखी ‘नमस्ते पे’ शुरू, २० करोडको आइपिओ आउने



काठमाडौँ । मोबाइल पेमेन्ट गेटवेमा नेपालले छलाङ नै मारेको छ । सरकारी लगानीमा भने पहिलो पटक ‘नमस्ते पे’ आज देखी शुभारम्भ हुने भएको छ । 

नेपाल टेलिकमको मुख्य लगानी रहेको ‘नमस्ते पे’ को आज मङ्गलवार एक कार्यक्रमका बिच सार्वजनिक हुने भएको छ । नेपालमा हाल १४ ओटा पेमेन्टको लाइसेन्स लिएर सेवा प्रदायकले सेवा दिइरहेका छन् । 

अव नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनी खोलेर ‘नमस्ते पे’ सञ्चालन गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अधिकारीले भने ‘हामी इन्टरनेट बिना पनि ग्राहाकहरुलाई सेवा दिन सक्नेछौँ ।’ ‘नमस्ते पे’ फिचर फोनबाट पनि चलाउन सकिने प्रबन्ध निर्देशक अधिकारीले बताए ।

नेपाल डिजिटल पेमेन्ट कम्पनीको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ४० करोड रहेको छ । जसमा नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कको ३८ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

त्यसै गरी हाल ४० करोड चुक्ता पुँजी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीको अधिकृत पुँजी १ अरब रहेको छ । सो कम्पनीले सर्वसाधारणलाई भविष्यमा २० प्रतिशत सेयर वितरण गर्ने कम्पनीका सञ्चालक दिवेश लोहनीले बताए । बाँकी ४० करोड टेलिकम र वाणिज्य बैङ्कले आइपिओ आउनेबेलासम्म पुर्‍याउने लोहनीले बताए ।

के के छन् सुविधा ? 

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीका अनुसार हाललाई युटिलिटी पेमेन्ट, फन्ड ट्रान्सफर, क्युआर कोड सेवालगायत सबै सुविधा उपलब्ध हुनेछ । आगामी दिनमा नयाँ पेमेन्टका सुविधा पनि ल्याउने अधिकारीले बताए ।  


सरकारले विद्युतीय कारोबारलाइ प्रोत्साहन गर्ने नीति लिएसंगै गत वर्षनै टेलिकम र वाणिज्य बैङ्कबिच सम्झौता भएको छ । नेपालमा हाल १४ ओटा यस्ता पेमेन्ट गेटवे संचालमा रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्