भेटायो एप अब नो झन्झट « Arthapath.com
५ माघ २०७८, बुधबार

भेटायो एप अब नो झन्झट



काठमाडौं । सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्नका लागि छिटो र सरल एप हो भेटायो । यो अअईओएस् र एन्ड्रोड दुबैमा उपलब्ध छ ।

व्यवसायिक सेवा प्रदायक, भेटायोले नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरेको छ । यसले घरेलु तथा व्यवसायिक सेवाहरु प्रदान गरिरहेको छ । व्यवसायिक सेवाहरू जस्तै प्लम्बिङ, कीट नियन्त्रण, सवारी साधनको सफाई, ब्यूटीशियन तथा अन्य नयाँ सेवाहरू निरन्तर थप्दै जाने बृहत योजना छ ।

भेटायोको शुरुवात खासगरी समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको छ ।

हामीले ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी तपाईकै घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि हामीले यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरेका हौं । जहाँ हाम्रा प्रयोगकर्ताहरूले भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन् । हाम्रो एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखीे “भेटायो सेवा“ को स्थापना गरेका हौं । “भेटायो” शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउदँछ ।

यसबाट आफ्नो आवश्यकता पूरा गर्न एक अनुभवप्राप्त प्राविधिकबाट छिटो र सजिलो सेवा लिन सकिन्छ । हाम्रो एपमा क्लिक गर्ने वित्तिकै तपाईंले सत प्रतिशत ग्राहक सन्तुष्टिको साथ आफ्नो घर वा व्यवसायमै अनुभवी र प्रशिक्षित सेवा पाउन सक्नुहुन्छ ।

भेटायो एप किन प्रयोग गर्ने
१. उचित र पारदर्शी मूल्य प्राप्त गर्न
२. अनुभवी सेवा प्रदायकहरू छनोट गर्न
३. सेवामा ३० दिनको ग्यारेन्टी पाउन
४. विविध प्रकारका सेवाहरु सजिलै पाउन

कसरी अर्डर गर्ने वा सेवा बुक गर्ने

१. दर्ता
हाम्रो एप डाउनलोड गर्नुहोस् र आवश्यक विवरणहरूको साथ दर्ता फारम भर्नुहोस् । जसमा नाम, ठेगाना, इमेल आईडी र सम्पर्क विवरणहरू आदि भर्ने वा आफ्नो फेसबुक खाताबाट पनि लग(इन गर्न सक्नुहुनेछ ।

२. सेवा लिन
एकचोटि तपाईंले दर्ता गरिसकेपछि, तपाईंले खोजिरहनु भएको कुनै पनि आवश्यक सेवा खोज्नुहोस् र आफ्नो सेवा प्रदायकको मूल्याङ्कन र विगतका ग्राहक विवरणहरू हेरेर छनौट गर्नुहोस् ।

३. निश्चितता
तपाईंको सुविधा अनुसार समय तालिका मिलाएर बुक गर्नुहोस् । सेवा प्रदायक सो अनुसार तपाईंको स्थानमा आइपुग्ने छन्।

छोटो समयमै, भेटायो ले आफ्नो सञ्चालनको पहिलो महिनामा १००० भन्दा बढी प्रयोगकर्ताहरू र १०० भन्दा बढी सेवा प्रदायकहरू प्राप्त गर्न सफल भएको छ । तिनीहरूको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित छ र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको छ ।

भेटायोले घरेलु समस्याहरुलाई समाधान गर्नका लागि विभिन्न सेवाहरुद्वारा बजारमा परिवर्तन ल्याउने सोच बनाएको छ । परम्परागत र अव्यवसायिक दृष्टिकोणका कारण ग्राहकहरूको लागि सजिलो सेवा प्रायः चिन्ताको विषय बनेको छ । कार्यविधिलाई पालना नगरेको, सेवामा ढिलाई, समय तालिका व्यस्तता वा मूल्य एकरुपता नभएको आदि समस्याले गर्दा विभिन्न समस्या आइरहेका छन् तथा प्रयोग हुने सामग्रीहरू, तिनीहरूको गुणस्तर र लागत सहितका कुरा ग्राहकहरूलाई सामान्यतया जानकारी गराउदैनन् र मूल्यमा एकरुपतामा नहुने हुन्छ । भेटायोले यी चुनौतिहरू बारे सचेत गराउनका लागि र ग्राहकहरूलाई उनीहरूको सेवामा ग्यारेन्टी सहित पारदर्शी रुपमा समयमै सेवाहरू उपलब्ध गराउनका लागि प्रतिबद्ध रहेको छ।

भेटायोका सेवाहरू बारे थप जान्नको लागि, कृपया हाम्रो वेबसाइटमा गएर हाम्रो टोल–फ्री नं।मा हाम्रा प्रतिनिधिहरूसंग सोझै सम्पर्क गर्न सक्नुहुनेछ वा हाम्रो फेसबुक, इन्स्टाग्राम र युट्युब जस्ता सामाजिक सञ्जालहरु मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । हाम्रो मोबाइल एप सबै मोबाइल उपकरणहरूमा डाउनलोडको लागि उपलब्ध छ।


प्रतिक्रिया दिनुहोस्