लकडाउनमा मल अभाव किसान मारमा « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

लकडाउनमा मल अभाव किसान मारमा



इनरुवा । सुनसरीको गढी गाउँपालिका ३ का किसान भुवनेश्वर यादवलाई मकै खेतीमा युरिया मल लगाउने समय भएपनि तीन सत्ता यता बजारमा युरिया मल नपाएकाले चिन्ताले सताएको छ ।

चैतको पहिलो हप्तामा मकैंमा मल लगाउनका लागि बजारमा युरिया मल किन्न गएकोमा नभेटिएकाले मकैंमा मल लागाउन नसकेको गुनासो गर्नुभयो । मकैंमा पानी लगाएपछि डिएपी र युरिया मल लगाउनुपर्ने हुन्छ तर बजारमा मल नपाइएकाले समस्या भएको यादवको भनाई छ ।

सरकारले कोरोना भाईसर नसरोस भनेर चैत ११ गतेदेखी लकडाउन गरेपछि बजर पूर्ण रुपमा ठप्प भएकाले मल किन्न नपाएकाले आफू सहित हजारौ किसान मारमा परेको यादवको गुनासो छ ।
त्यसैगरी सुनसरीको इनरुवा ९ बबियाका किसान जसलाल यादवलाई समेत सागमा र मकैंमा लगाउने मलको अभावले पिरोलेको छ । यादवले मल अभावमा समस्या भएकाले गुनासो गर्नुभयो ।
जिल्लाका १० हजार बढी किसानहरु मलको अभावको मारमा परेका कृषि ज्ञान केन्द्रका प्रमुख नुुनुलाल उराँवले बताउनुभयो । उराँवले लकडाउन भएकाले सबै क्षेत्रमा जस्तै कृषि क्षेत्रमा समेत असर परेको बताउनुभयो । गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्