होटल बन्द भए पनि मजदुरले तलब पाउने « Arthapath.com
५ श्रावण २०७७, सोमबार

होटल बन्द भए पनि मजदुरले तलब पाउने




काठमाण्डौ – नोभल कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण होटलहरु पूर्णरुपमा बन्द भए पनि मजदुरले तलब पाउने भएका छन ।


आइतबार होटल सङ्घ नेपाल र विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको छलफलमा आउँदो डिसेम्बरसम्म होटल बन्द रहने अनुमान गर्दै होटल र मजदुर दुवै बाँच्ने र बचाउने अवधारणाका साथ काम गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार डिलक्स पाँच तारे होटल र रिसोर्टमा काम गर्ने मजदुरले मासिक १० हजार रुपैयाँ पाउनेछन्, दुई सय कोठाभन्दा कम भएको पाँच तारे होटल तथा रिसोर्टका मजदुरले मासिक नौ हजार रुपैयाँ पाउनेछन् ।


सय कोठाभन्दा बढी भएको चार तारे होटल तथा त्यही स्तरको रिसोर्टका श्रमिक तथा कर्मचारीहरूलाई मासिक आठ हजार चार सय ५५ रुपैयाँ, सय कोठाभन्दा कम भएको चार तारे होटल तथा रिसोर्टका श्रमिक तथा कर्मचारीहरूलाई मासिक आठ हजार, तीन तारे तथा त्यही स्तरको रिसोर्टका श्रमिक तथा कर्मचारीहरूलाई मासिक पाँच हजार रुपैयाँ दिने सहमति भएको छ ।
यस्तै दुई तारे होटलका श्रमिक तथा कर्मचारीहरूलाई मासिक चार हजार तीन सय र एक तारे र पर्यटकस्तरीयको होटलका श्रमिकले आपसी समझदारीमा मासिक तलब पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्