शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिएको छ : मन्त्री पाण्डे « Arthapath.com
१६ भाद्र २०८१, आईतवार

शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिएको छ : मन्त्री पाण्डे



संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा बिश्वमा चिनिन मद्द्त पुगेको बताउनु भएको छ ।

‌ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको “सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम”मा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा बिश्वमा चिनिन मद्द्त पुगेको बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पान्डेले भन्नु भयो डाेरी टाडने देखिआाराेहीलाई शिखरमा पुर्पाउने काममा शेर्पाहरुले गर्दा नै पर्वतारोहण सहज सफल भएको भन्दै शेर्पाको कारण नै सगरमाथा बिश्वमा थप चिनिएको हो ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पा देखी २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पा सम्म छ्न ।

त्यस्तै पालिकाको सद्भावना दूतमा कुङ्गा सेर्पालाई घोषणा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्