खप्तड र रारामा पर्यटक प्रहरी एकाई

काठमाडौँ । सरकारले अब खप्तड र रारामा पनि पर्यटक प्रहरीको एकाई स्थापना गर्ने भएको छ ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डन मन्त्रालय अन्तरगत रहेको पर्यटन विभागले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड र कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारामा प्रर्यटक प्रहरी एकाई स्थापना गर्न लागेको हो ।
हाल ५ वटा प्रदेशमा पर्यटन प्रहरीको युनिट रहेको भए पनि सुदूरपश्चिम र कर्णालीमा भने त्यसको स्थापना भएको थिएन् ।
मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमको खप्तड र कर्णालीको रारा पर्यटक एकार्इ गठन गर्ने निर्णय गरी कार्यान्वयनको प्रक्रियामा रहेको पर्यटन
विभागका महानिर्देशक डा. नारायण रेग्मीले जानकारी दिए ।
यससँगै त्यहाँ आवत जावत गर्ने पर्यटकका लागि सहज हुने आशा गरिएको छ । पर्यटक प्रहरीले विभिन्न राष्ट्रहरुबाट आउने विदेशी पर्यटकको शान्ति सुरक्षाका साथै उनीहरुलाई सहजीकरण गर्ने काम गर्दै आइरहेको छ ।