कोरोना भाईरसले विश्वभर एक तिहाईले कच्चा तेलको माग घट्ने « Arthapath.com
२१ माघ २०७६, मंगलवार

कोरोना भाईरसले विश्वभर एक तिहाईले कच्चा तेलको माग घट्ने



काठमाडौं । तेल उत्पादक कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) ले कोरोना भाईरस कारण सन् २०२० मा विश्वभर तेलको माग एक तिहाइले घट्ने जनाएको छ ।
बिपीका चिफ फाइनान्सियल अफिसर सिएफओ ब्रायन गिलभेरीले सन् २०२० मा तेलको मागमा दैनिक ३ देखि ५ लाख ब्यारेलसम्म कमी आउने बताए ।
मंगलबार भियनामा हुने ओपेकका प्राविधिक विशेषज्ञ तथा सरोकारवालाहरुको भेटमा कोरोना भाइरसका कारण तेल बजारमा पार्ने प्रभावका बारेमा थप छलफल तथा मूल्यांकन हुने बताइएको छ ।
सोमबार कच्चा तेल प्रति ब्यारेल ५५ डलरभन्दा तल झर्यो जुन सन् २०१८ को डिसेम्बर यताकै सबैभन्दा न्यून मूल्य हो । यसले बीपी लगायतका विश्वका सबै तेल उत्पादक तथा निर्यातकर्ताहरुलाई समस्यामा पारेको छ ।
यसैकारण साउदी अरेबिया लगायतका मुख्य तेल उत्पादक राष्ट्र तथा बिभिन्न रिफाइनरी कम्पनीहरुमाथि यस बारेमा निकै दवाव परिरहेको देखिन्छ ।
बीपीका अनुसार उसको सन् २०१९ को नाफामा नै ४ अर्ब डलरले कमी आएको छ । तेलको मूल्यमा गिरावट आएका कारण नाफा प्रभावित भएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ। सन् २०१८ मा कम्पनीको नाफा ९ अर्ब ३८ करोड अमेरिकी डलर थियो ।


प्रतिक्रिया दिनुहोस्