कोरोना भाइरसको खोप मान्छेमा परीक्षण गरिने « Arthapath.com
३ चैत्र २०७६, सोमबार

कोरोना भाइरसको खोप मान्छेमा परीक्षण गरिने



काठमाडौं । अमेरिकामा कोरोना भाईरसविरुद्धको खोप परीक्षण गरिने भएको छ । अमेरिकाले पहिलो पटक यो खोपको परीक्षणका रुपमा मान्छेलाई दिईने भएको छ ।

अमेरिकाले पहिलो पटक मान्छेमा परीक्षण् गर्न लागेको हो । सोमबार ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरूलाई यो खोप दिएर परीक्षण गरिने छ । तर ति व्यक्तिहरु भने संक्रमीत नरहेको जनाएको छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले परीक्षणको व्यवस्था मिलाएको खोपको नाम एम.आर.एन.ए–१२७३ राखिएको समाचार संस्था एपीले उल्लेख गरेको छ ।

पहिलो चरणमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने छ ।

खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने हेर्नका लागि प्रारम्भिक परीक्षण गर्न लागिएको र यसले बिस्तारित स्तरमा परीक्षणका लागि मार्ग प्रशस्त गर्ने जनाइएको छ । खोपमा कोरोना भाइरसको कुनै पनि अंश नरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्