भारतमा कोरोना ‘फैलाउने’ धार्मिक सभामा १९ नेपाली सहभागी भएको खुलासा « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

भारतमा कोरोना ‘फैलाउने’ धार्मिक सभामा १९ नेपाली सहभागी भएको खुलासा



काठमाडौं । भारतमा कोरोना भाइरस फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ ।

मार्चको सुरुवातमानयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्गा तबलीगाी जमातको हेडक्वाटरमा यो धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको सभामा करिव ८ हजार सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु पनि आएका थिए । नेपालबाट पनि १९ जना सहभागी भएका थिए ।

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिक सभा भएको थियो । तर सभा भएको स्थान नजिकै पर्ने दक्षिण दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको छ ।

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार त्यो धार्मिक सभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।

यस्तै तलंगना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।

अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ । उनीहरु परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।

धार्मिक सभामा नेपालबाट पनि १९ जना सहभागी भएको खुलेको हो । भारतीय सञ्चार माध्यमहरुले गृह मन्त्रालयलाई उद्दार गर्दै जनाएअनुसार सभामा २८१ जना विदेशी थिए, जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, किर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलायत मुलुक छन । अनलाईन खवर


प्रतिक्रिया दिनुहोस्