उत्तर कोरियाबाट भागेकी कैदीको दाबी– बन्दीहरूको लाशलाई मल बनाएर खेती गरिँदै « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

उत्तर कोरियाबाट भागेकी कैदीको दाबी– बन्दीहरूको लाशलाई मल बनाएर खेती गरिँदै



काठमाडौं । उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका एक कैदीले मुटु कँपाउने दाबी गरेकी छन् । उनका अनुसार, राजनीतिक कैदीहरूको शवलाई मल बनाएर सेनाका जवानका लागि अन्न उब्जनी गर्ने काम उत्तरको सरकारले गरिरहेको छ ।

द डेली मेलमा छापिएको समाचारअनुसार, उत्तर कोरियाको काएचोन शिविरमा बन्दी बनाइएकी कैदी किम इल–सून (छद्म नाम) ले यो दानवीय अभ्यासको खुलासा गरेकी हुन् ।

शिविरका गार्डहरूले यो विधि सफल रहेको र यसलाई खेती गर्न गाह्रो हुने पहाडी भूमिमा अपनाउने बताएको इल–सूनको भनाइ छ ।

कोरोनाभाइरस महाव्याधिको प्रकोपका बेलामा समेत क्षेप्यास्त्र परीक्षण गरिरहेको भनी उत्तर कोरियाको निन्दा भइरहेको बेलामा इल–सूनको दाबी आएको हो ।

उनले भनिन्, ‘त्यहाँको जमीन ऊर्वर छ र खेतीपाती सफल छ किनकि त्यहाँ गाडिएका लाशले प्राकृतिक मलको काम गर्छ । केही गार्डले वरपरका अन्य क्षेत्रमा पनि लाश गाड्नुपर्ने अनि पूरै क्षेत्र ऊर्वर हुने बताए ।’

‘उनीहरूले पहाडमा लगेर लाश गाडे । एकचोटि एक बालक पहाडमा पिसाब गरिरहेका थिए । उनले एउटा हात जमीनबाट बाहिर निस्केको देखे किनकि लाश राम्ररी गाडिएको थिएन ।’

इल–सूनले दक्षिण कोरियामा रहेको द कमिटी फर ह्युमन राइट्स इन नर्थ कोरियासमक्ष स्तब्ध बनाउने यस्तो खुलासा गरेकी हुन् ।

उनको दाबीलाई समर्थन गर्दै कमिटीले शिविरमा शवदाहगृह नरहेको र भूउपग्रहीय तस्वीरमा पनि नदेखेको उल्लेख र्गयो ।

एचआरएनकेका कार्यकारी निर्देशक ग्रेग स्कार्लातोइउले यस नयाँ प्रमाणबाट महाव्याधिका बेलामा समेत किम सरकारको अपराध जारी रहेको स्पष्ट भएको छ भने ।लोकान्तर


प्रतिक्रिया दिनुहोस्