स्पेनमा ११ बालबालिकासहित परिवारका सबैजनालाई कोरोना भाइरस संक्रमण « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

स्पेनमा ११ बालबालिकासहित परिवारका सबैजनालाई कोरोना भाइरस संक्रमण



काठमाडौं । स्पेनको एक परिवारका सबै सदस्यलाई कोरोनाभाइरस लागेपछि घरैमा कडा आइसोलेसनमा बसिरहेका छन् । उक्त परिवारमा एघार जना बालबालिका रहेका छन । उत्तरपश्चिममा रहेको भायादोलिदमा सेब्रियन गेर्भासको परिवारका सबै सदस्यमा कोरोना भेटिएको हो ।

सबभन्दा पहिला आमा इरिनलाई कोभिड–१९ पोजिटिभ पाइएको थियो । बुवा होसे मारिया सेब्रियनले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘बालबालिका एकपछि अर्को गर्दै ढले । केहीलाई अलि सहज छ भने केहीलाई निकै गाह्रो परिरहेको छ । गाह्रो पर्न थालेको पाँच ६ दिनपछि भाइरस देखिन थाल्ने भएकाले मानिस आफू ठीकै छु भन्ठान्छन् ।

सेब्रियनले थपे, ‘हाम्रो कुरा गर्दा बच्चाबच्चीहरू एक दिन बिरामी पर्छन् अनि टाउको दुख्छ, बान्ता गर्छन् अनि बान्ता गरेपछि ठीक भएको अनुभव गर्छन् । भोलिपल्ट उनीहरू गाह्रो परेको थियो भन्ने नै बिर्सिन्छन् ।’

परिवार अहिले कडा लकडाउनमा बसिरहेको छ किनकि उनीहरूले अरूमा संक्रमण फैलाउने खतरा छ ।

सेब्रियनले भने, ‘चिकित्सकले हामीलाई अझै दुई हप्ता कडा लकडाउनमा बस्न भने किनकि हामी धेरै भएकाले भाइरल लोड बढी छ । हामीहरू बाहिर निस्क्यौं भने भायादोलिदमा संक्रमण फैलाउन पुग्छौं ।’


प्रतिक्रिया दिनुहोस्