विश्वभर मृत्यु हुनेको संख्या करिव ७५ हजार,संक्रमीतको संख्या साढे १३ लाख

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या करिव ७५ हजार पुगेको छ । समाचार तयार पार्दासम्म कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या वल्र्ड मिटर्स डट इन्फोका अनुसार मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ६७ पुगेको छ ।
अहिलेसम्म विश्वभर साढे १३ लाख ४७ हजार २ सय ३५ जना कोरोना संक्रमित रहेका छन । सङ्क्रमितमध्ये २ लाख ८६ हजार २ सय ३४ उपचारपछि निको भएका छन ।
अहिले ९ लाख ८६ हजार २ सय ३४ मानिसमा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ७५ हजार भने गम्भीर अवस्थामा छन् ।
सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, स्पेन त्यसपछि अमेरिका पर्छ । वल्र्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ५२३ पुगेको छ ।
