साढे दुई महिनापछि चीनको वुहानमा लकडाउन खुल्यो « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

साढे दुई महिनापछि चीनको वुहानमा लकडाउन खुल्यो



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को उद्गमस्थल चीनको वुहानमा लकडाउन खुला गरिएको छ । चिनको उक्त शहरमा ७२ दिनसम्म लकडाउन लगाईएको थियो । कोरोना संक्रमीतका संख्यामा कमी आएसंगै लकडाउन खुला गरिएको हो । तर अन्य प्रान्तमा लगाईएको लकडाउन भने खुला गरिएको छैन । वुहान शहरमा करिव सवा एक करोड जनसंख्या रहेको छ । गत जनवरी २३ देखि यो सहरलाई चीन सरकारले सिल्ड गरेको थियो, जसले गर्दा अन्य सहरमा यो महामारी फैलन पाएन।

अव उक्त शहरमा सबै कार्यालहरु पनि खुला गरिएका छन ।


प्रतिक्रिया दिनुहोस्