कोरोना भाइरसका कारण पञ्जाब प्रहरीका एसिपीको निधन « Arthapath.com
७ बैशाख २०७७, आईतवार

कोरोना भाइरसका कारण पञ्जाब प्रहरीका एसिपीको निधन



एजेन्सी। कोरोना भाइरसका कारण भारतको पञ्जाब प्रहरीका एसिपीको निधन भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार लुधियानाका एसिपी अनिल कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

५२ वर्षीय एसिपी कोहली अप्रिल ६ मा अस्पताल भर्ना भएका थिए । उनलाई लुधियानानको एसपिएस अस्पतालमा प्लाज्मा थेरापी गर्नु पर्ने थियो । तर त्यो भन्दा अघि नै कोरोना भाइरसका कारण उनको निधन भएको दैनिक भास्करले जनाएको छ ।

पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसिपी कोहलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोहलीको परिवारलाई भारू ५० लाख दिने निर्णय पनि मुख्यमन्त्री अमरिन्दर सिंहले गरेका छन् ।

यसअघि प्रहरी कनिगो गुर्मेलको पनि कोरोनाका कारण मृत्यु भएको थियो । उनको परिवारलाई भारू ५० लाख दिने मुख्यमन्त्री सिंहले निर्णय गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिने अधिकारी वा कर्मचारीलाई संक्रमण भएर मृत्यु भयो भने उसको परिवारले ५० लाख क्षतिपूर्ति पाउनेछ ।

परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका अरु व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने भन्दै परीक्षण गरिएको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १५ हजार ७२२ पुगेको छ भने मृत्यु हुनेको संख्या ५२१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्