कोरोनाविरुद्धको चिनियाँ खोप तेस्रो चरणमा ५० हजार जनामा परीक्षण हुँदै « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

कोरोनाविरुद्धको चिनियाँ खोप तेस्रो चरणमा ५० हजार जनामा परीक्षण हुँदै



काठमाडौं । चीनमा बनाएईको कोरोना भाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको छ । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो ।

कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, यूएई, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी दिइएको छ । चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्