जापानको प्रधानमन्त्रीमा सुगा निर्वाचित, अर्थतन्त्र उकास्न आफ्नो जोड रहने « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

जापानको प्रधानमन्त्रीमा सुगा निर्वाचित, अर्थतन्त्र उकास्न आफ्नो जोड रहने



काठमाडौं । जापानका पूर्व मुख्य सचिव योशिहिदे सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । लिब्रल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेको जापानी समाचार एजेन्सी कोयदो न्युजले जनाएको छ ।

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो । पार्टी नेतामा उनले ५३४ मध्येबाट ३७७ मत प्राप्त गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्न आफ्नो जोड रहने बताएका छन् ।

आबेका नजिकका मित्रसमेत रहेका ७१ वर्षीय योशिहिदे यसअघि आबे सरकारका मुख्य सचिव थिए । उनले आबेले लिएका नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । सुगाको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिने छ ।


प्रतिक्रिया दिनुहोस्