यसकारण चीन शताब्दीकै खतरा हो : ट्रम्पका सुरक्षा सल्लाहकार « Arthapath.com
६ कार्तिक २०७७, बिहीबार

यसकारण चीन शताब्दीकै खतरा हो : ट्रम्पका सुरक्षा सल्लाहकार



कठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले बुधबार चीनले पश्चिमबाट कोरोना भाइरस खोपको अनुसन्धान चोर्ने प्रयास गरेको आरोप लगाएका छन्।

उनले चीनलाई घातक प्रतिदन्वदीका रूपमा प्रस्तुत गर्दै २१ औं शताब्दीका हरेक महत्वपूर्ण उद्योगमा चीनले आफ्नो एकाधिकार स्थापित गर्न खोजेको आरोप लगाए।

राष्ट्रपति ट्रम्पका लागि चीन अमेरिकाको सबैभन्दा ठूलो प्रतिष्पर्धी हो। उनले चिनियाँ कम्युनिस्ट पार्टी९सिसिपी०ले व्यापारको फाइदा उठाएको र कोरोना महामारीका बारेमा बेलैमा विश्वलाई सचेत नगराएको आरोप लगाउँदै आएका छन्। उनले कयौं पटक आफ्ना भाषणहरूमा कोरोना भाइरसलाई ुचिनियाँ भाइरसु भन्ने गरेका छन्।

चीनविरूद्ध २० मिनेट बोलेका रोबर्ट ओ व्रायनले उच्च ब्रिटिस र अमेरिकी सेना तथा खुफिया अधिकारीसँग चीन आफ्ना जनतालाई समेत दमन गर्ने शिकारी शक्ति भएको र उसले आफ्ना छिमेकी तथा पश्चिमा शक्ति दुबैलाई दबाउन खोजेको बताए।

ुसिसिपीले सबै ठाउँ र क्षेत्रमा प्रभुत्व जमाउन खोजिरहेको छ, २१ औं शताब्दीमा महत्वपूर्ण हुने सबै उद्योगमा एकाधिकार जमाउन चाहन्छु, ब्रायनले एटलान्टिक फ्यूचर फोरममा भने, ुहालसालै पिसिआरले कोभिडको खोप तथा उपचारको विकास गरिरहेका युरोप, बेलायत तथा संयूक्तराज्य अमेरिकाका कम्पनीमा साइबर जासुसीको प्रयोग गरेको छ जबकी यसमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ।ु

सि जिङपिङको नेतृत्वमा रहेको चीनले पश्चिमा राष्ट्र त्यसमा पनि विशेषगरी अमेरिका चिनियाँ विरोधी हिस्टेरियाबाट ग्रसित, साम्राज्यवादी सोच राख्ने र चीन विश्वको दोश्रो ठूलो आर्थिक शक्ति सम्पन्न राष्ट्र भएको कुरा नरूचाएको बताउने गरेको छ।

सन् १९९१ मा सोभियत युनियन पतनपछि समाप्त भएको शितयुद्धसँगै बितेका चालिस वर्षमा चीनले हासिल गरेको आर्थिक तथा सैन्य उचाइ विश्व भूराजनीतिको एउटा महत्वपूर्ण घटना हो।

ब्रायनले दशकौं सम्म चीनलाई पश्चिमा राष्ट्रले छुट दिएको बताउँदै आफ्नो बजार विश्वका लागि खुल्ला गर्ने आशामा उसलाई विश्व व्यापार संगठनको सदस्यता दिलाउने लगायतका काम भएको भएपनि सोचेजस्तो हुननसकेको बताए।

दुःखका साथ भन्नुपर्छ ती वाचाहरू आजको दिनसम्म पनि पूरा गरिएका छैनन्ु लस एन्जल्सका ५४ वर्षीय पूर्व वकिलले भने, ुबरू सिसिपीका नेताहरूले आफ्नो निरंकुश दृष्टिकोण र व्यापारिक, राज्य(प्रधान अर्थव्यवस्थालाई दोब्बर पार्ने काम गरे । एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्