अब मास्क नलगाउनेलाई २ हजार रुपैयाँ जरिवाना « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

अब मास्क नलगाउनेलाई २ हजार रुपैयाँ जरिवाना



काठडमाडौं । भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई २ हजार रुपैयाँ जरिवाना गराइने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए । मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि ५ सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर २ हजार पु¥याइएको उनले बताए ।

केन्द्रीय राजधानी रहेको नयाँ दिल्लीमा कोरोना भाइरस महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । उनले भीडभाड हुने वा गर्नुपर्ने सबै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म कम गर्न र भीडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरे । धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले बढी चिन्ता व्यक्त गरे । कोरोना भाइरस महामारीको अवस्थाका बारेमा समीक्षा तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलीय बैठकपछि उनले थप कडाई गर्न लागिएको जानकारी दिएका हुन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्