कोरोना भाइरसबाट अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

कोरोना भाइरसबाट अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु



काठमाडौं । कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ ।


अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ ।कोरोनाबाट एकैदिन मृत्यु भएकाहरूको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरूले जनाएका छन्।

यसअघि गत अप्रिल १५ मा एकैदिन सबैभन्दा धेरैको मृत्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरूले जानकारी दिएका छन्।


त्यति बेला एकैदिनमा दुई हजार ६०३ जनाको मृत्यु भएको थियो ।अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८३६ जनाको मृत्यु भएको छ भने एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भएका छन्।

जोन हप्किङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना सङ्क्रमितहरू अझै पनि अस्पतालमै रहेका छन । अमेरिकी एम्बुलेन्स एसोसिएसनले दिएको जानकारीअनुसार बुधबार मात्रै आपतकालिन सेवाका लागि ९११ जनाको फोन आएको छ ।


प्रतिक्रिया दिनुहोस्