भारतमै भ्याक्सिनको हाहाकार, के नेपालले भारतबाट खोपको अपेक्षा गर्नु जायज छ ? « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

भारतमै भ्याक्सिनको हाहाकार, के नेपालले भारतबाट खोपको अपेक्षा गर्नु जायज छ ?



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १ मेदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेका थिए । तर त्यहाँको सरकारले यसका लागि पर्याप्त तयारी गर्न नभ्याएको देखियो । दिल्ली सरकारले पर्याप्त खोप किन्नै नभ्याएको बताइरहँदा ३० मे अर्थात् गत शुक्रवार दिल्लीकै केही प्रमुख अस्पतालले आफूसँग पर्याप्त खोपको मौज्दात रहेको घोषणा गरे ।

राज्य सरकारहरुले खोप किन्न नभ्याउँदै निजी अस्पतालको भण्डारमा खोप पुग्यो । सरकारी कोटामा थुप्रै नागरिकले खोप लगाउने मौकै पाउन सकेका छैनन् । अर्कातिर निजी अस्पतालले एक मात्रा खोपका लागि ९ सयदेखि साढे १२ सय रुपयेसम्म अशुलिरहेका छन् ।

भारतमा ४५ वर्षमाथिका मान्छेले करीब १६ करोड डोज खोप लगाएका छन् । यही उमेरसमूहका बाँकी ४४ करोड नागरिकलाई पुरा खोप लगाउन अझै ७२ करोड डोज खोप आवस्यक पर्छ । १८ देखि ४४ वर्ष उमेरका नागरिकको संस्ख्या भारतमा करीब ६२ करोड छ । उनीहरुलाई खोप लगाउन थप १ अर्ब २४ करोड डोज आवस्यक पर्छ ।

१८ वर्षमाथिका १ अर्ब ६ करोड भारतीयलाई आउँदो एक वर्षभित्र खोप लगाइसक्ने लक्ष्य राख्ने हो भने त्यहाँ दैनिक ५४ लाख डोज खोप लगाउनुपर्ने हुन्छ । तर अहिले दैनिक २० देखि २५ लाख डोजभन्दा ज्यादा खोप लगाउन सकेको छैन । साप्ताहिक विदाका दिन त यो मात्रा निकै कम हुन्छ । गत आइतवार भारतभरमा १२ लाख १० हजार डोजमात्रै खोप दिन सक्षम भयो ।

यदी ७० प्रतिशत जनतालाई खोप लगाएमा रोगप्रतिरोधी शक्तिको विकास हुन्छ भन्ने मान्ने हो भने पनि १ अर्ब ६ करोडमध्ये ७४ करोड जनामा खोप लगाउनुपर्ने हुन्छ । यो संख्यालाई एक वर्षभित्र दुई मात्रा खोप लगाइसक्ने योजना बनाउने हो भने पनि दैनिक करीब ४० लाख जनालाई खोप लगाउनुपर्ने हुन्छ । अर्थात् हरेक महिना १२ करोड डोज खोप लगाउनु आवस्यक छ ।

तर गएको जनवरीदेखि खोप सुरु गरेको भारतमा हिजो मंगलवारसम्म १५ करोड ८९ लाख डोजमात्रै लगाउन सकिएको थियो । यसमध्ये १२ करोड ९२ लाखलाई पहिलो चरणको र २ करोड ९७ लाखलाई दोस्रो चरणको खोप लगाइएको थियो ।

केन्द्र सरकारले सिरम इन्स्टिच्यूट अफ इण्डियालाई दिएको १० करोड डोजको अर्डरमध्ये २० वैशाखसम्म ८ करोड ७४ लाख कोभिशिल्ड खोप उपलब्ध गराएको बताएको छ । भारत बायोटेकसँग २ करोड कोभ्याक्सिन खोपको माग गरेकोमा कम्पनीले ८८ लाख १३ हजार डोजमात्रै आपूर्ति गरेको छ ।

केन्द्र सरकारले मे, जुन र जुलाई महिनाका लागि ११ करोड कोभिशिल्ड र ५ करोड कोभ्याक्सिन खोपको अर्डर दिइसकेको बताएको छ । अस्पतालमा अक्सिजन नपाएर जीवन र मरणको दोसाँधमा संघर्षतर मानिसहरुले कहिले खोप लगाउन पाउँछन् भन्ने निश्चय छैन । मानिसहरुका लागि अब खोपको प्रतिक्षा गर्नुको शिवाय अरु कुनै विकल्प देखिएको छैन ।

बीबीसी हिन्दीबाट साभार ।

Tags :

प्रतिक्रिया दिनुहोस्