अब सबै रेमिट्यान्स कम्पनीले एउटै सटही दर लागू गर्नुपर्ने, राष्ट्र बैंकले दियो निर्देशन « Arthapath.com
८ असार २०७८, मंगलवार

अब सबै रेमिट्यान्स कम्पनीले एउटै सटही दर लागू गर्नुपर्ने, राष्ट्र बैंकले दियो निर्देशन



काठमाडौं । रेमिटेन्स कम्पनीले अब सबै परिपत्र्य विदेशी मुद्राको सटही दरमा एकरुपता ल्याउनुपर्ने भएको छ । कम्पनीहरुले अमेरिकी डलर बाहेकका विदेशी मुद्रामा प्राप्त हुने रेमिट्यान्स रकमलाई नेपाली मुद्रामा सटही गर्दा ग्राहक ठगिएको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकका अधिकारीले बताए ।

मंगलबार राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । फरेन एक्सचेञ्ज डिलर्स एशोसियशन नेपाल (फेडान)ले हरेक दिन विहान १० बजे र दिउँसो २ बजे विदेशी मुद्राको ‘रेमिटान्स विनिमयदर’ प्रकाशित गर्नुपर्ने छ । अब फेडानले यसरी विदेशी मुद्राको औसत खरीद दर तय गर्दा नेपाल राष्ट्र बैंकद्वारा विनिमय दर प्रकाशन गर्ने सम्पूर्ण विदेशी मुद्राको खरीद दर तोक्नु पर्ने छ ।

हाल राष्ट्र बैंकले भारतीय रुपये, अमेरिकी डलर, युरो, ब्रिटिश पाउण्ड, स्वीस फ्रयांक, अस्टेलियन डलर, क्यानडियन डलर, सिंगापुर डलर, जापानी येन र चिनियाँ युआन (रेन्मिन्पी)को सटही दर प्रकाशित गर्ने गरेको छ । त्यस्तै, साउदी अरेबियन रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिह्राम, मलेसियन रिंगिट, दक्षिण कोरियाली वोन, स्वीडिश क्रोनर, डेनिश क्रोनर, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको पनि विनिमय दरको तथ्यांक राष्ट्र बैंकले नियमित प्रकाशन गर्ने गरेको छ ।

Remittance-Transaction


प्रतिक्रिया दिनुहोस्