अफगानस्तानमा फेरि तनाव बढ्दै, करीब २०० मारिए, अमेरिकाद्वारा ड्रोन हमला « Arthapath.com
१२ भाद्र २०७८, शनिबार

अफगानस्तानमा फेरि तनाव बढ्दै, करीब २०० मारिए, अमेरिकाद्वारा ड्रोन हमला



काठमाडौं । केही घण्टा अघिमात्रै अमेरिकाले ड्रोन हमला गरेर ‘आईएसआईएस–के’ नामक स्लामिक संगठनको एउटा समूहलाई मारिदिएको बताएको छ । तर उक्त हमलामा के कति हताहति भयो भन्ने विवरणहरु अमेरिकी सेनाले यो समाचार तयार पार्दासम्म उल्लेख गरेको छैन ।

गत विहीबार काबुल स्थित हमिद कार्जाई विमानस्थलको बाहिरपट्टी भएको दुई विष्फोटमा १३ अमेरिकी सेनासहित करीब २०० जना मारिएपछि अमेरिकाले उक्त ड्रोन हमला गरेको जनाएको छ । अमेरिकी सेनाले नेपाली समय अनुसार शनिबार विहान एक विज्ञप्ती जारी गर्दै उक्त ड्रोन हमलामा काबुल विष्फोटका ‘योजनाकारहरु’ मारिएको बताएको छ ।

विहीबारको उक्त विष्फोटमा कम्तिमा १७५ जना अफगानी नागरिक मारिएको विवरणहरु आएका छन् । ‘अल कायदा’ नामक एक स्लामिक संगठनले सन् २००१ को सेप्टेम्बर ११ मा अलकायदा अमेरिकाको व्यापारिक केन्द्रमा हवाइजहाज ठोक्काउँदा २९९६ जनाको ज्यान गएको थियो । थप २५ हजार मान्छे घाइते भएका थिए । त्यस घटनापछि अमेरिकाले अफनानिस्तानमा सैन्य हमला सुरु गरेर सत्तासिन संगठन तालिबानलाई अपदस्थ गरेको थियो ।

हालैमात्र उक्त संगठनले पुनः अफगानिस्तानको सत्ता कब्जा गरेको छ । अल कायदाका प्रमुख ओशामा बिन लादेनलाई अमेरिकी सेनाले २ मे, २०११ मा पाकिस्तानमा हत्या गरेपछि इराक र सिरियालाई आधार बनाएर सुरु भएको अर्को स्लामिक संगठन ‘स्लामिक स्टेट अफ इराक एण्ड सिरिया–आईएसआईएस’ दृष्यमा देखिएको थियो । सन् २०१५ मा यो नयाँ संगठनले इराक र सिरियामा निकै पकट स्थापित गरेका बेला अफनागिनस्तान र पाकिस्तानमा आफ्नो संगठन विस्तार गर्यो । जसलाई ‘आईएसआईएस खोरासन प्रदेश– आईएसआईएस–के’ भनियो ।

गत विहीबार साँझ काबुल विमानस्थलमा भएको विष्फोटको जिम्मेवारी यही आईएसआईएस–केले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्