स्टाण्डर्ड चाटर्ड बैंकको ११.८४ प्रतिसत लाभांस घोषणा « Arthapath.com
१४ कार्तिक २०७७, शुक्रबार

स्टाण्डर्ड चाटर्ड बैंकको ११.८४ प्रतिसत लाभांस घोषणा



काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकले पनि सेयरधनीलाई गत आवको नाफाबाट लाभांस वितरण गर्ने जनाएको छ । बैंककले आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ११.८४ प्रतिसत लाभांस घोषणा गरेको हो ।

स्टाण्डर्ड चाटर्ड बैंकको बिहीबार कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

स्टाडर्ड चाटर्ड सहित लाभांस घोषणा गर्ने बाणिज्य बैंकको संख्या ८ पुगेको छ । बैंककले आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांस सेयरधनीलाई दिने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्