एनआईबिएल म्युचुअल फण्डको खरिद विक्रीका लागी दुई वित्तिय संस्थासंग सम्झौता - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआईबिएल म्युचुअल फण्डको खरिद विक्रीका लागी दुई वित्तिय संस्थासंग सम्झौता



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” काइकाईहरुको खरिद बिक्रीलाई सहजिकरण गर्नका लागि गुडविल फाईनान्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडलाई वितरण केन्द्र नियुक्त गरिएको छ ।
उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र मुक्तिनाथ बिकास बैंक लिमिटेडका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलप्रसाद गुरुङ्गले हस्ताक्षर गरे ।
गुडविल फाइनान्स लि. तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानी कर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् ।
यस अघि सो योजना काइकाईहरुको कारोवार नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट गत अशोज २७ गते देखि हुदैं आएको थियो ।


प्रतिक्रिया दिनुहोस्