गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको एक करोड सहयोग - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको एक करोड सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ करोड रुपैया सहयोग प्रदान गरेको छ ।

रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा आज बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हसन । ।
देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको हो ।

राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरुले गरेको प्रगतिलाई थप उर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंक परिवार अत्यन्तै खुशी भएको जनाएको छ ।

ग्लोबल आइएमई बैंक परिबार भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहना अनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास र शुभकामना व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्