३० वर्षपछि जलविद्युतको सेयर के हुन्छ : बोर्ड अध्यक्ष ढुङ्गाना
काठमाडौं । सेयर बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले ३० वर्षपछि जलविद्युतको सेयर के हुने भन्ने अन्यौलता रहेको बताएका छन । शुक्रबार नेपाल सेयर हवले आयोजना गरेको पँुजिबजारको विकास तथा विस्तारका आगामी चुनौति विषयक अन्तक्र्रियामा बोर्डका अध्यक्ष ढुङ्गानाले जलविद्युतको सेयर किन भन्ने ३० वर्षपछि सरकारलाई जलविद्युत कम्पनी हस्तान्तरण भएपछि जनताको सेयर के हुने भन्ने अष्पष्ट रहेको बताएका छन ।
ढुङ्गानाले धितोपत्र बोर्डले यसबारे के गर्ने भनेर सरकारलाई सुझाव दिने बताए । उनले प्रत्येक व्यावसायीले आफु लागेको व्यावसायलाई आफ्नो भन्ने वातावरण श्रृजना हुनुपर्ने बताए । सेयर बजारमा देखिएका समस्याहरु समाधान गर्न आफु तयार रहेको भन्दै अध्यक्ष ढुङ्गानाले भर्ने पुँजी बजारका समस्याहरुलाई हामी विस्तारै हल गर्दै जान्छौं ।’
कार्यक्रममा सेयर बजारका लगानीकर्ता प्राध्यापक, प्रोफेसर बैंकर लगायतले बुँजीबजारको वर्तमान अवस्था र चुनौतिका बारेमा बोलेका थिए । कार्यक्रमा एस इन्टीच्युटका प्राध्यापक अजयकुमार शाहले पुँजीबजारको चर्चा राजधानीमा मात्रै हुने गरेको र यसलाई देशैभर फैलाउन आग्रह गरे । उनले डिपिको चार्ज एकदमै महंगो भएको भन्दै घटाउन बोर्डसमक्ष माग पनि गरे ।
















