कालोबजारी गर्ने एडभान्स सर्जिकललाई दुई लाख जरिवाना - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

कालोबजारी गर्ने एडभान्स सर्जिकललाई दुई लाख जरिवाना



धनगढी । धनगढीको एडभान्स सर्जिकल एण्ड सप्लायर्सलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ। सप्लायर्सले पीपीईमा कालोबजारी गरेको भन्दै संयुक्त बजार अनुगमन टोलीले दुई लाख रुपँैया जरिवाना गराएको हो।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुनमगरले सप्लायर्सले पीपीईमा तोकिएको भन्दै ३२ दशमलव ७२ प्रतिशत पैँसा बढि लिएको भेटिएपछि दुई लाख जरिवाना गरिएको जानकारी दिए।

सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तिराएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्