उपभोक्ता ठग्ने दुई पसललाई पाँच लाख जरिवाना
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटिका दुई किराना पसललाई कारवाही गरेको छ।
दोहोरो मुल्य कायम गरी उपभोक्ता ठगी गरेको आरोपमा काठमाडौंका कालिमाटीको श्रेष्ठ किराना सेन्टरलाई दुई लाख जरिवाना र समर किराना सेन्टरलाई ३ लाख जरिबाना गरेको हो।
वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले ती पसलले दोहोरो मूल्य कायम गरी उपभोक्तालाई ठगी गरेकोले कारवाही गरिएको बताए।
आचार्यका अनुसार भ्याट बिल नदिने महंगो मुल्यमा सामान बेचेकोले कारबाही गरिएको हो। त्यस्तै हिजो मात्रै विभागले काठमाडौंका विभिन्न ७ वटा व्यापारिक फर्ममा अनुगमन गरी ६ लाख ५५ हजार जरिवाना गरेको छ।













