एसबिआई बैंकको नाफा १० प्रतिशतले घट्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एसबिआई बैंकको नाफा १० प्रतिशतले घट्यो



काठमाडौं । नेपाल एसबिआई बैंकले गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले नाफा घटाएको छ। चैत मसान्तसम्ममा बैंकले एक अर्ब ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। जबिक बैंकले गत वर्षको यही अवधिमा एक अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा तेस्रो त्रैमासिक अवधिमा बैंकहरुले कर्जाको ब्याज तथा किस्ता असुली गर्न सकेका छैनन्। ब्याज उठाउन नसक्दा बैंकको लाभांस बाँड्न योग्य नाफा ९१.१४ प्रतिशतले गिरावट आएको छ। बैंकको यस्तो नाफा जम्मा १० करोड ४३ लाख रुपैयाँमात्रै छ।

खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेको छ। यस्तो आम्दानी जम्मा तीन अर्ब १३ करोड रुपैयाँ छ। चालु आर्थिक वर्षको असार यता बैंकको निक्षेप संकलन ९.२७ प्रतिशतले बढ्दा कर्जा बिस्तार १२.८३ प्रतिशतले बढाएको छ। यसै अवधिमा एक खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९५ अर्ब २१ करोड रुपैयाँ कर्जा बिस्तार गरेको हो।

नेपाल राष्ट्र बैंकको नयाँ स्प्रेड दर गणना विधिले गत वर्षको भन्दा बढेको छ। गत वर्ष ४.८० प्रतिशतको स्प्रेड चैत मसान्तमा ५.१५ प्रतिशत पुगेको छ। जबकि राष्ट्र बैंकले चालु आर्थिक वर्षभरिमा स्प्रेड ४.४४ प्रतिशतमा झार्नु पर्ने व्यवस्था गरेको छ।

पुँजी कोष अनुपात १.४४ प्रतिशत विन्दुले बढेर १४.७४ प्रतिशत कायम भएको छ। खराब कर्जा स्थिर रहेको छ। बैंकको कस्ट अफ फण्ड बढ्दा ब्याज खर्चमा असर परेको देखिन्छ। गत वर्षको तुलनामा बैंकको कष्ट अफ फण्ड ०.९३ प्रतिशत विन्दुले बढेर ६.७९ प्रतिशत पुगेको हो। नाफमा गिरावटसँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँले गिरावट भएरु २१ रुपैयाँमा छ।


प्रतिक्रिया दिनुहोस्