सेञ्चुरी बैंकको नाफा ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ
काठमाडौं । सेञ्चुरी बैंकले चैत मसान्तसम्मको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेञ्चुरी कमर्शियल बैंकको नाफा ४९.९६ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा ३० करोड ५१ लाख रूपैयाँ बढी हो ।
बैंकले गत आवको सोही अवधिमा ६१ करोड ६ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको वित्तीय विवरणको अनुसार कम्पनीको वितरणयोग्य नाफा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा बढेर १ अर्ब २६ करोड ९२ लाख २८ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड १७ लाख २१ हजार रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १५ लाख ८५ हजार रुपैयाँ पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले ५८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।













