कृषि विकास बैंकको २ अर्ब ४ करोडभन्दा बढी नाफा
काठमाडौं । कृषि विकास बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंक नाफा २ अर्व ४ करोड रहेको छ । बैंकको गत बर्ष सोही अवधिमा २ अर्व २१ करोड रहेको थियो भने यस बर्ष झिनो रकमले गिरावट आएको हो । यस बर्ष बैंकको नाफामा ७ दशमलव ७८ प्रतिशत कमी आएको हो ।
गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा २ दशमलव ४५ प्रतिशत र खुद ब्याज आम्दानी पनि १७ दशमलव ७३ प्रतिशतले घटेको छ । शेयरधनीहरुलाई लाभांश मार्फत वितरण गर्न सकिने विरणयोग्य नाफा भने रू. १ अर्ब २५ करोडभन्दा बढी छ ।
गत वर्ष रू. २ अर्ब ७६ करोड ९२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. २ अर्ब ७० करोड १३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
त्यस्तै गत वर्ष रू. ५ अर्ब ३० करोड १९ लाखभन्दा बढी खुद व्याज आम्दानी गरेको बैंकले यस वर्ष सोहि अवधिसम्म रू. ४ अर्ब ३६ करोड १८ लाखभन्दा बढी खुद व्याज आम्दानी गरेको छ ।
गत वर्ष यस अवधिसम्म बैंकको चुक्तापूँजी रू। १४ अर्ब ४४ कोड ८२ लाखभन्दा बढी थियो । बैंकको चुक्तापूँजी रू.१४ अर्ब ९८ करोड ९१ लाखभन्दा बढी छ ।
जगेडा कोष रकम गत वर्षभन्दा शून्य दशमलव ४१ प्रतिशत कम रू. १० अर्ब ४३ करोड ९० लाखभन्दा बढी कायम भएको छ । गत वर्ष यस अवधिसम्म बैंकको जगेडा कोषमा रू. १० अबै ४८ करोड २४ लाखभन्दा बढी रकम रहेको थियो ।
गत वर्षभन्दा यस वर्षको तेस्रो त्रैमाससम्म बैंकले ९.७८ प्रतिशत बढी अर्थात् रू. १ खर्ब ३० अर्ब ५१ करोड ८६ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा साढे ११ प्रतिशत बढी अर्थात् रू. १ खर्ब २१ अर्ब ३९ करोड ५७ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष १९ दशमलव ७४ रहेको बैंकको निष्क्रिय कर्जा यो वर्ष १९ दशमलव ८२ कायम भएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू। २६ दशमलव ५५ र प्रतिशेयर नेटवर्थ रू। २३२ दशमलव ११ छ । यस अवधिसम्म बैंकले २८ दशमलव ३७ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।













