नबिल बैंकको खुद नाफा ३ अर्ब १५ करोड ८६ लाख - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नबिल बैंकको खुद नाफा ३ अर्ब १५ करोड ८६ लाख



काठमाडौं । नबिल बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार खुद नाफा १ दशमलब १५ ले घटेर ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँमा झरेको छ । गत वर्ष बैंकले ३ अर्ब १९ करोड १० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी शुन्य दशमलब ७३५ ले घटेर ५ अर्ब ३७ करोड ५ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

१० अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ७६ करोड रुपैयाँ र शेयरधनी कोषमा २ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ । गत बर्ष बैंकको जगेडा कोषमा १० अर्ब ४४ करोड रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ६९ पैसाबाट घटेर ४५ रुपैयाँ ७४ पैसामा सीमित भएको छ ।

तेस्रो त्रैमाससम्ममा १ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी १ खर्ब २७ अर्बबाट बढेर १ खर्ब ४९ अर्ब पुगेको छ ।
वितरण योग्य नाफा ९ दशमलब ८५ ले घटेर २ अर्ब ९ करोड ५२ लाख ८४ हजार रुपैयाँ रहेको छ । पतिसेयर आम्दानी १ रुपैयाँ ९५ पैसाले घटेर ४५ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

बैंकले चैत मसान्तसम्ममा ५ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्