ग्लोबल आईएमई बैंकको नाफा २ अर्ब ७० करोड
काठमाडौं । ग्लोबल आइएमई बैंकले चैत मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । चैत मसान्तसम्ममा २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरण योग्य नाफा ५७ करोड ५० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकले २ खर्ब १ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब १८ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ६ अर्ब ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा ६२.७८ प्रतिशत अर्थात २ अर्ब ३१ करोड रुपैयाँ बढी हो । गत वर्षको चैत मसान्तसम्म बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै बैंकले सो अवधिमा ३ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
समीक्षा अवधिमा बैंककोे खराब कर्जा अनुपात १.१४ प्रतिशत, बेसरेट ९.४१ प्रतिशत, स्प्रेडरेट ५.१८ प्रतिशत र सीसीडी रेसीयो ७९.६९ प्रतिशत रहेको छ । साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १६ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात १२.५० गुणा रहेको छ । यस्तै बैंकको निक्षेप २ खर्ब १ अर्ब छ भने कर्जा १ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ ।













