चिनियाँ स्वास्थ्य सामाग्रि नेपाल पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

चिनियाँ स्वास्थ्य सामाग्रि नेपाल पुग्यो



काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । सो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएको बताइएको छ । कोरोनाभाइरस ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले सो सामग्री प्रयोग गर्नेछ ।’

बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको उक्त चिनियाँ सेनाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो ।

मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका स्वास्थ्य समाग्री ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्