सुरक्षा खतरा छैन, सुरक्षाकर्मी फिर्ता लैजानुस्:श्रेष्ठ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुरक्षा खतरा छैन, सुरक्षाकर्मी फिर्ता लैजानुस्:श्रेष्ठ



काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नभएकाले सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन्।

उनले बुधबार बिहान ट्वीटमा चुनाव अघि राज्यको सुरक्षा संयन्त्रले राख्न अनुरोध गरेकाले राखेको प्रष्ट पारेका छन् । ‘मैले पुर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरुदेखि नै लिइन्। सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ।ु, उनले लेखेका छन्, ;तर गत चुनाव अघि राज्यको सुरक्षा सँयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो।”


प्रतिक्रिया दिनुहोस्